स्याङ्जाको पुतली बजारमा अनलाइन कर भुक्तानी सेवा सुरु

स्याङ्जा | जेठ ३०, २०८०

स्याङ्जाको पुतली बजारमा अनलाइन कर भुक्तानी सेवा सुरु

स्याङ्जा:  स्याङ्जाको पुतली बजार नगरपालिकाले कर भुक्तानीका लागि अनलाइन सेवा सुरु गरेको छ । सेवाग्राहीलाई सहज बनाउने उद्देश्यले अनलाइन कर भुक्तानी सेवा प्रारम्भ गरेको नगरप्रमुख तुलसीराम रेग्मीले बताए । 
 

अनलाइन सेवा प्रयोग गर्न जान्ने जो कोहीले पनि स्थानीय कर अब आफ्नै घरमा बसेर भुक्तान गर्न सक्नेछन् । पालिका आएर कर भुक्तान गर्दा लामो सय खर्चनुपर्ने र पालो पर्खनु पर्ने झन्झटबाट मुक्त भएको रेग्मीले बताए । 
 

पुतली बजारले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको सह-लगानीमा नवप्रर्वद्धन साझेदारी कोष कार्यक्रमअन्तर्गत सेवा सुरु गरेको हो । सेवा प्रवाहमा सुचना प्रविधिका नविनतम् उपाय, उपकरण, विधि र माध्यमहरुको प्रयोग गरी छिटो, पारदर्शी, जवाफदेही र जनमुखी सेवा प्रवाह गर्ने मुख्य उदेश्य भएको रेग्मीले बताए । यहाँ नगद रहित राजस्व सङ्कलन गर्न मिल्ने गरी क्यूआर भुक्तानी समेतको सुरुवात गरिएको छ । 


नगरपालिका मात्र नभई यहाँका १४ वटै वार्डमा कर अनलाइन तिर्ने व्यवस्था तत्काल बनाउने तयारी नगरपालिकाले गरेको छ । 

पोखरा ।      पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ ।   रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...

थप पढ्नुहोस्

नागढुंगा-सिस्नेरी सुरूङमार्ग उद्घाटन भएको छ। आइतबार बिहान विशेष समारोह गरी नेपालकै पहिलो आधुनिक सुरूङमार्ग उद्घाटन गरिएको हो।   पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजद...

थप पढ्नुहोस्

कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।   स्थानीयवासीको सहयोगमा घट...

थप पढ्नुहोस्